२०८३ बैशाख १९, शनिबार

आज पनि पत्रकारलाई सर्वोच्चमा अवरोध

सर्वोच्च अदालतमा मंगलबार पनि पत्रकारहरुलाई प्रवेश गर्न दिइएको छैन । समाचार संकलनका लागि पुगेका पत्रकारहरु अदालत बाहिरै बस्न बाध्य भएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै वकिलहरुले प्रदर्शन गर्दै आएका छन् । न्यायाधीशहरुले पनि जबराको राजीनामा माग गरेका छन् ।

आन्दोलन तथा अदालतका अरु गतिविधिको समाचार संकलनका लागि गएका पत्रकारहरुलाई सोमबार पनि प्रवेशमा रोक लगाइएको थियो । नेपाल पत्रकार महासंघले सोमबार विज्ञप्ति निकालेर त्यसको विरोध गरेको थियो । तर मंगलबार पनि पत्रकारलाई अवरोध गरिएको हो ।

प्रतिक्रिया लेख्नुहोस्