रुपन्देहीबाट १ थान कटुवा पेस्तोल सहित एक युवक पक्राउ परेका छन् । प्रहरीले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ दुर्गानगरबाट २८ वर्षीय सन्दीप थापालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
पेस्तोल लिएर हिडेको सुचनाको आधारमा वडा प्रहरी कार्यालय भैरहवा र प्रहरी चौकी चिल्हियाबाट खटिएको पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको जानकारी दिएको छ । यस्तै प्रहरीले बुटवल उपमहानगरपालिका–५ नेपालगन्ज रोडस्थित पूर्वाञ्चल होटल एण्ड लजको कोठा नम्बर १०१ बाट २७ ग्राम ८ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नवलपरासी प्रतापपुर गाउँपालिका–५ बस्ने ३५ वर्षीय मोहमद अफ्रोज मिया लगायत २ जनालाई पक्राउ गरेको छ । अर्को एक जनाको नाम गोप्य राखिएको छ । घटनाबारे थप अनुसन्धान सुरु भएको प्रहरीले जानकारी दिएको छ ।







प्रतिक्रिया लेख्नुहोस्