२०८३ बैशाख १५, मङ्लबार

नेपाली महिला टोली भुटानविरुद्ध पहिला बलिङ गर्दै

आईसीसी ट्वान्टी–२० महिला विश्वकपमा एसियाली छनोट प्रतियोगितामा नेपाली महिला क्रिकेट टोलीले भुटानविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।

दुबईको आईसीसी क्रिकेट एकेडेमीको ग्राउन्ड टुमा भुटानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले बलिङ गर्ने भएको हो ।यसअघि, नेपाल पहिलो खेलमा हङकङविरुद्ध ६ विकेटले पराजित भएको थियो । भुटानले भने पहिलो खेलमा कुवेतलाई ४० रनले पराजित गरेको थियो ।

६ टोली सहभागी एसियन क्वालिफायरबाट विजेता एक टोली मात्र ग्लोबल छनोटमा पुग्ने भएकाले नेपालको यात्रा कठिन बनेको छ । नेपालले अब सबै खेल जितेर मात्र पुग्दैन, अरू टोलीको नतिजा पनि आफूअनुकूल आउनुपर्छ ।

 

प्रतिक्रिया लेख्नुहोस्