२०८३ बैशाख १५, मङ्लबार

इजरायलको तेल अभिभ विश्वकै महँगो शहर बन्यो

इजरायली शहर तेल अभिभ विश्वकै सबैभन्दा महँगो सहर साबित भएको छ । ईकोनोमिस्ट इन्टेलिजेन्स युनिट (इआइयू) ले गरेको एउटा सर्वेक्षणमा तेल अभिभ बस्नका लागि विश्वकै सबैभन्दा महँगो सहर बनेको हो ।

महँगोका दृष्टिले तेल अभिभ पहिलो पटक विश्वको पहिलो स्थानमा पुग्न सफल भएको हो । जरायलको राष्ट्रिय मुद्रा शेकेल डलरभन्दा शक्तिशाली देखिएको सर्वेक्षणमा जनाइएको छ । त्यहाँ यातायात र खाद्यन्नको मूल्य पनि अन्य सहरको तुलनामा बढी देखिएको जानकारी दिएको छ । त्यस्तै, पेरिस र सिंगापुर दुबै सहर दोस्रो स्थानमा छन् भने जुरिच र हङकङ क्रमश: तेस्रो र चौथो स्थानमा छन् ।

त्यसैगरी, न्युयोर्क र जेनेभा क्रमश: पाँचौं र छैटौ‌ स्थानमा परेका छन् । त्यस्तै, कोपनहेगन सातौं, लस एन्जेलस आठौं र जापानको ओसाका नवौं स्थानमा परेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्