२०८३ असार ५, शुक्रबार

जन्ती सवार बस दुर्घटना हुँदा चालकको मृत्यु, ८ घाइते

सिन्धुपाल्चोकमा गएराति जन्ती सवार बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा अन्य ८ जना घाइते भएका प्रहरीले जनाएको छ।

बलेफी गाउँपालिका–४ बिञ्जेलमा जन्ती सबार बा २ ख ५६१४ नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनामा सोही बसका चालक बलेफी–६ का राजु तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। दुर्घटनामा घाइते भएका ८ जनाको सिन्धुपाल्चोक र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । बलेफी- ५ का सन्तोष भूजेलको बिहेको जन्ती लिएर बस काभ्रेको भुम्लु जाँदै गरेको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्