२०८३ साउन २९, शुक्रबार

काठमाडौँ -४ बाट निर्वाचित थापाको मतदाताको सपना पुरा गर्ने अठोट

काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ बाट विजयी उम्मेदवार गगनकुमार थापाले यस क्षेत्रका मतदाताको सपना पुरा गर्ने बाचा गरेका छन् ।निर्वाचनको अन्तिम परिणाम घोषणापछि संक्षिप्त प्रतिक्रिया दिँदै विजयी उम्मेदवार थापाले आफुलाई विजयी गराएकोमा क्षेत्र नम्बर ४ का मतदातालाई धन्यवाद दिँदै चुनावअघि गरेका बाचाहरू पुरा गर्ने बताएका हुन् ।

विजयी उम्मेदवार थापाले देशभरीको परिणामको प्रतिक्षामा रहेको र देशभरका मतदातामा आक्रोश र वितृष्णा छाएकाले उनीहरूको लागि काम गरेर देखाउने पनि अठोट व्यक्त गरेका छन् । नेपाली कांग्रेसका महामन्त्री समेत रहनुभएका थापाले आफ्ना निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार राजन भट्टराईलाई ७ हजार मतान्तरले पराजित गरी विजयी भएका हुन् ।

थापाले २१ हजार ३ सय २ मत ल्याउनुभएको थियो भने निकटतम् प्रतिष्पर्धी भट्टराईले १३ हजार ८ सय ५५ मत प्राप्त गरे । यसअघि २०७४ सालको आमनिर्वाचन र २०७० सालको संविधानसभाको निर्वाचनमा पनि थापा यहि क्षेत्रबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्