यो साता सुनचाँदीको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्ममा सुन र चाँदीको मूल्य घटेको जानकारी दिएको हो ।
गत साताको शुक्रबार प्रतितोला ९१ हजार ९ सय रुपैयाँ कायम रहेको छापावाल सुनको मूल्य यो साताको शुक्रबार ९१ हजार ३ सय रुपैयाँ तोकिएको थियो । जुन, प्रतितोला ६ सय रुपैयाँको गिरावट हो । यसैगरी, गत साताको शुक्रबार प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य यो साताको शुक्रबार ९० हजार ८ सय रुपैयाँमा आइपुगेको छ ।
साताको पहिलो कारोबार दिन आइतबार मूल्य बढेर कारोबार खुलेपनि त्यस पछाडिका दिनमा निरन्तर मूल्य घटिरह्यो । आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ पुगेको थियो ।यसैगरी, गत साताको शुक्रबार प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भएको सुनको मूल्य पनि यो साता घटेको छ ।
हिजो शुक्रबार चाँदीको मूल्य प्रतितोला ११ सय ९० रुपैयाँमा कारोबार भएको थियो । यो, साताभर चाँदीको मूल्यमा आएको ३५ रुपैयाँको गिरावट हो ।






प्रतिक्रिया लेख्नुहोस्