टोयोटा सवारीसाधन खरिद गर्ने ग्राहकले ७ वर्षसम्म ५.९९ प्रतिशत वार्षिक स्थिर ब्याजदरमा अटो लोन पाउने भएका छन् । नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट र एनआईसी एसिया बैंकबीच भएको सहकार्यअन्तर्गत यो सुविधा ल्याइएको हो ।
योजनाअनुसार ग्राहकले ऋण प्रशासन शुल्कमा २५ आधार अंकसम्म छुट पनि पाउनेछन् । बैंकको ऋण नीति तथा नेपाल राष्ट्र बैंकका सम्बन्धित निर्देशनअनुसार यो सुविधा लागू हुने जनाइएको छ ।
सम्झौतामा युनाइटेड ट्रेडर्स सिन्डिकेटका बिक्री तथा बजार व्यवस्थापनतर्फका उपमहाप्रबन्धक रेखा शाह कार्की र एनआईसी एसिया बैंकका खुद्रा व्यवसाय प्रमुख अमित केसीले हस्ताक्षर गरेका छन् ।
दसैँलाई लक्षित गरेर ल्याइएको यो योजनाले टोयोटा सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई सहज वित्तीय सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।







प्रतिक्रिया लेख्नुहोस्