लामो समयदेखि अमेरिकालाई आफ्नो कार्यक्षेत्र बनाएका लोक तथा दोहोरी गायक तथा गीतकार भगवान भण्डारीको लोक गीत ‘बत्ती मधुरो’ भिडियोसहित सार्वजनिक भएको छ।
गीत शुक्रबार ‘भगवान भण्डारी’ युट्युब च्यानलमार्फत् सार्वजनिक भएको हो।भण्डारीको शब्द रहेको गीतमा विनोद भण्डारी र शान्तिश्री परियारले स्वर दिएका छन्। गीतमा संगीत गीतकार भगवान भण्डारीकै रहेको छ। संगीतको संयोजन भने मनोज खड्काले गरेका हुन्। गाउँले परिवेशमा लेखिएको गीतको भिडियोमा पनि गाउँले परिवेशलाई नै झल्काउने प्रयास गरिएको छ।
प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा रामजी खाँण र रन्जिता गुरुङले अभिनय गरेका छन्। भिडियोको सम्पादन विष्णु शर्माले गरेका छन् भने यसको शिनेमेटोग्राफी अजय रेग्मीले सम्हालेका छन्।







प्रतिक्रिया लेख्नुहोस्