डेढ महिना अघि सार्वजनिक नेपाली लोक तथा दोहोरी गीत ‘रमरम मरौटी’लाई युट्युबमा करोडभन्दा बढी पटक हेरिएको छ ।
यही अवसर पारेर निर्माण टिमले हालै राजधानीमा केक काटेर अडियो तथा भिडियोमा आबद्ध कलाकार तथा प्राविधिकहरुलाई मायाको चिनो प्रदान गरेको छ । ५० दिन अघि ओबी रायमाझी युट्युब च्यानलबाट अपलोड गरिएको यो गीतलाई एक करोड २५ लाख पटक हेरिएको छ ।
गीतका गायक तथा संगीतकार खेम सेन्चुरीले आफ्नो गीतलाई दर्शकले मनपराइदिएकोमा खुशी व्यक्त गरेका छन् ।प्रिन्सेस खरेलको लगानी रहेको गीतमा नेत्र अर्यालको शब्द रहेको छ ।







प्रतिक्रिया लेख्नुहोस्