२०८३ बैशाख ३, बिहिबार

‘होई मेरो संसार’ को म्युजिक भिडियो सार्वजनिक

गायक बिन्तीकुमार गुरुङ तथा गायिका शान्ता अर्यालको स्वरमा रहेको यूगल गीत ‘होई मेरो संसार’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

उक्त गीतमा दीपक शर्माको शब्द तथा संगीत छ ।अमेरिकामा बसोबास गर्ने गायक बिन्तीकुमार नेपाली गीत–संगीतमा सक्रिय छन् । यो गीतको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् । विधानले गीतको भिडियोमा सरोज प्रजा र विना राउतको प्रेम झल्काएका छन् । गीतको भिडियोमा विधानले गाउँबाट शहर जान खोज्ने केटा र उनलाई रोक्ने केटीको कथा भनेका छन् ।

भिडियोमा सुबास कार्की ‘बेलासे’ को पनि अभिनय हेर्न सकिन्छ । नवराज उप्रेतीको छायांकन रहेको गीतको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया लेख्नुहोस्