२०८३ बैशाख २, बुधबार

मेलिना राईको ‘सँगै बाँचौला’ सार्वजनिक

मेलिना राईको स्वरमा रहेको ‘सँगै बाँचौला’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार सन्तोष जंग थापाको शब्द रचना र नवीन कार्कीको सङ्गीत रहेको गीतमा सुमन केसीको एरेन्ज रहेको छ ।

नेपालकै गाउँघरको यथार्थ परक कथामा आधारित भिडियोमा फोटोपत्रकार प्रदीपराज वन्त र सविता श्रेष्ठको अभिनय देख्न सकिन्छ । ​रेजिना तुलाधरको पहिलो निर्देशन रहेको भिडियोमा नवीन बाबु गुरुङको सिनेमेटोग्राफी र नवीन निरौलाको सम्पादन रहेको छ ।

सिजन इन्टरटेन्मेनटद्वारा निर्माण गरिएको भिडियोलाई सिजन टिभी युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया लेख्नुहोस्