२०८३ बैशाख २, बुधबार

‘सिमल भुवा’ मा प्रियारानी र प्रज्जवल

गायक अनिश ओकिलीको नयाँ गीत ‘सिमल भुवा’ दर्शकमाझ आएको छ । अनिशकै शब्द तथा संगीत रहेको गीतमा गोपाल रसाइलीको संगीत संयोजन छ ।

ओरिअन टिमले निर्देशन गरेको गीतको भिडियोमा प्रियारानी लामा र प्रज्जवल श्रेष्ठ फिचर्ड छन् । ओकिलीकै कन्सेप्ट रहेको भिडियोमा विकास मगरको छायांकन, सम्पादन र कलरिङ छ । भिडियो अनिश ओकिली युट्युब च्यानलमा भिडियो हेर्न सकिन्छ ।

तीन दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय ओकिलीको ‘गुलाबी जाडो’, ‘झ्यालबाट हेरी’ लगायतका गीत चर्चित छन् ।

प्रतिक्रिया लेख्नुहोस्