२०८३ बैशाख २, बुधबार

गीत ‘तिमी चल्छौ यो मुटुमा’सार्वजनिक

सञ्चारकर्मीसमेत रहेका गीतकार तुलसी बस्नेतको ‘तिमी चल्छौ यो मुटुमा’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा रानी शाक्यको स्वर तथा न्ह्यु बज्राचार्यको संगीत छ । बी पाण्डे निर्देशित भिडियोमा विशाल गुराउ, कविता थामी र सुनील बीके फिचर्ड छन् ।

गायिका शाक्यकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा दीपेन बस्नेतको छायांकन र सम्पादन तथा सुनील बीके र प्रमोद भण्डारीको कोरियोग्राफी छ ।

 

प्रतिक्रिया लेख्नुहोस्