२०८३ बैशाख २, बुधबार

गीत ‘कम्पनी माला’ सार्वजनिक

गायिका आस्था राउतको आवाजमा रहेको ‘कम्पनी माला’ बोलको गीत सार्वजनिक गरिएको छ ।

प्रेमका भाव समेटिएको यो गीतको भिडियोमा रियासा दाहाललाई भिक्षुको अवतारमा देख्न सकिन्छ ।सुरेश अधिकारीको शब्द र संगीतमा तयार पारिएको यो गीतलाई महराज थापाले एरेन्ज गरेका हुन् ।

भिडियोको निर्देशन शान थापाले गरेका हुन् भने अर्जुन तिवारीले खिचेका हुन् । यस्तै भिडियोको कलर ग्रेडिङ सुप्रिम पराजुलीले गरेका हुन् ।

प्रतिक्रिया लेख्नुहोस्