२०८३ बैशाख २, बुधबार

विक्रम र सुचिताको ‘झम्के साँझैमा’ बोलको गीत सार्वजनिक

 

गायक विक्रम कालिकोटे र गायिका सुचिता खातीको स्वरमा रहेको नयाँ गीत ‘झम्के साँझैमा’ को भिडियो सार्वजनिक भएको छ । लोक तथा दोहोरी फ्लेभरको गीतमा अमृत खातीको शब्द तथा संगीत रहेको छ ।

कमल सौरागको संगीत संयोजन रहेको गीत डान्सिङ नम्बरको छ । काजिश श्रेष्ठले निर्देशन गरेको भिडियोमा मुकेश हुमागाईंको छायांकन र अमृत चापागाईंको सम्पादन रहेको छ । भिडियोमा सन्जीव ठकुरी र रुबिना अधिकारी फिचर्ड छन् ।

भिडियो डिएआर मुभिजको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्