बाल गायक सुप्रीम मल्ल ठकुरीको र अनु पराजुलीको अभिनय रहेको ‘मलीन छ मुहार’ बोलको गीत सार्वजनिक भएको छ । ‘मलिन छ मुहार’ बोलको गीत सुप्रीम र अनुका अलावा रमेश विश्वकर्मा र संगिता शर्माको अभिनय रहेको छ ।
हरि गिरी बिमर्शीको गीत संगित रहेको उक्त गीतमा हरि गिरी बिमर्शी, सुप्रिम मल्ल ठकुरी र निशा रानापालको स्वर रहेको छ । कुमार केसी ले निर्देशन गरेको उक्त गीतको भिडियोमा शिवशरण न्यौपानेले छायांकन गरेका छन् ।
‘मलीन छ मुहार’ बोलको उक्त गीतको भिडियोको सम्पादन प्रविण भट्टले गरेका छन् ।







प्रतिक्रिया लेख्नुहोस्