२०८० चैत्र १६, शुक्रबार

फिल्म स्टार मिथिलेश चतुर्वेदीको निधन

फिल्म तथा टिभीका चर्चित अभिनेता मिथिलेश कुमारको निधन भएको छ । भारतीय सञ्चार माध्यमा अनुसार मिथिलेशको ३ अगस्त साँझ लखनउमा निधन भएको हो। उनी लामो समयदेखि मुटुसम्बन्धी समस्याबाट पीडित थिए । मिथिलेशलाई केही दिन अघि हृदयघात भएको थियो । त्यसपछि उनी आफ्नो गृहनगर लखनउमा गएका थिए । लखनउमा उनको उपचारका क्रममा निधन भएको हो ।

मिथिलेशको निधनको खबर उनका ज्वाई आशिष चतुर्वेदीले सामाजिक सञ्जालमार्फत दिएका हुन् । आशिषले सामाजिक सञ्जालमा मिथिलेशको तस्वीर सेयर गर्दै लेखेका छन्, ‘तपाई संसारकै उत्कृष्ट पिता हुनुहुन्छ । तपाईले मलाई ज्वाइँ होइन, छोराको जस्तो माया दिनुभएको थियो । तपाईको आत्माले शान्ति पाओस् ।’ मिथिलेशले सन् १९९७ मा भाइ भाइ फिल्मबाट बलिउडमा डेब्यू गरेका थिए । त्यसपछि उनले सत्ता, ताल, फिजा, रोड, कोई मिल गया, गान्धी माई फादर र बंटी बबली जस्ता फिल्ममा काम गरे। उनले २०२० मा श्रृंखला स्क्याम १९९२ बाट आफ्नो डिजिटल डेब्यू गरे ।

यसबाहेक उनले रंगमञ्चमा पनि निकै सक्रिय थिए । उनले प्रेम तिवारी, बन्सी कौल, दीना नाथ, उर्मिल थपलियाल र अनुपम खेरले निर्देशन गरेका नाटकमा अभिनय गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्