२०८२ चैत्र २९, आइतवार

करिश्मासँग अभिनेता सलोनले कसे लगनगाँठो

अभिनेत्र सलोन बस्नेतले विवाह गरेका छन्। बस्नेतले आफ्नी प्रेमीका करिश्मा केसीसँग विवाह गरेका हुन्। मंसिर १२ गते भईरहेको उनीहरुको विवाह समारोहमा दुवै पक्षका परिवार, आफन्तजन, साथीभाई र कलाकारहरुको उपस्थित भएको छ। उनीहरुको विवाह चन्दागिरि रिसोर्ट भएको हो।

मंसिर १४ गते काठमाडौँको एक पाँचतारे होटलमा विवाहको पार्टी राखिएको छ। पातले वन रिसोर्टमा शनिबार उनीहरुको मेहेन्दी र संगीत कार्यक्रम भएको थियो। करिश्मा एयर होस्टेज हुन् । उनी एयरलाईन्समा काम गर्छिन्। केहि वर्षयतादेखि प्रेम सम्वन्धमा रहेको सलोन र करिश्माको प्रेम विवाहमा सम्पन्न भएको छ। गत शुक्रबारदेखि बस्नेतको ‘मीलन’ फिल्म प्रदर्शन भईरहेको छ।

सलोनले ‘नेपाली बाबु’ चलचित्रमा बालकलाकारको रुपमा अभिनय गरेका थिए। उनले होस्टेल, ए मेरो हजुर २, ए मेरो हजुर ३, ए मेरो हजुर ४, गाजलू, यात्रा, जउ भोले, डाँडाको वरपीपल, बाबु कान्छा लगायत थुप्रै फिल्ममा अभिनय गरेका छन्। बिहेपछि बस्नेत आफ्नो बुवा शोभित बस्नेतले निर्माण गर्ने ‘जय होस्’ फिल्ममा व्यस्त हुने भएको छ। सलोन बस्नेतको विवाहको यस्तो तस्विर सार्वजनिक भएको छ।

प्रतिक्रिया लेख्नुहोस्