२०८१ जेष्ठ ११, शुक्रबार

फिल्म ‘दयारानी’ माघ २६ गते रिलिज हुने

दयाहाङ राई र दीया पुनको शीर्ष भूमिका रहेको सोसल-ड्रामा फिल्म ‘दयारानी’को प्रदर्शन मिति तय भएको छ ।

निर्माताले मंगलबार पोस्टर सार्वजनिक गर्दै फिल्म माघ २६ गते रिलिज हुने जनाएका छन् । कोरोना महामारीअघि तयार भइसकेको ‘दयारानी’को रिलिजमा चार वर्ष ढिलाइ भएको छ ।

यो फिल्मको कथावस्तु गुरुङ संस्कार र संस्कृतिमा आधारित छ । दयाहाङ र दीयाले यसमा पति-पत्नीको भूमिका निर्वाह गरेका छन् । कास्कीको याङ्जाकोट गाउँ र पोखरामा ‘दयारानी’को छायांकन गरिएको छ ।

‘कबड्डी’ र ‘जारी’जस्ता ब्लकबस्टर फिल्म निर्माण गरेको बाँसुरी फिल्म्सले ‘दयारानी’ बनाउन माओत्से गुरुङ फिल्म्ससँग सहकार्य गरेको छ । यसअघि यी दुईले ‘पुरानो डुंगा’मा सहकार्य गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्