चर्चित भजन गायक मनिष रञ्जन बरालको नयाँ भजन सार्वजनिक भएको छ । ‘आएका एक्लै हौँ हेर्न जगत’ बोलको भजन सार्वजनिक गरिएको हो ।
भजनलाई शब्द रचनाकार जीवन खतिवडा ले शब्द भरेका हुन । गायक स्वयंले संगीत रहेको भजनमा भजनमा राजन कार्कीले एरेन्ज साथै ध्वनी मिश्रण गरेका छन । भजनलाई मनिष रञ्जन बराल युट्युव च्यनल मार्फत सार्वजनिक गरिएको छ ।
साँगितिक क्षेत्रमा लामो समय बिताईसकेका बरालको स्वरमा छुट्टै प्रकारको माधुर्यता रहेको पाईन्छ । दर्जनौँ भजनहरु रेकर्ड गराईसकेका बरालको हाल सालै मात्र (कहाँ होला बैकुण्ठ भन्ने ठाउँ) लाई दर्शक ले रुचाएका थिए । उनको पहिलो भजन ‘कृष्णजीको नामै प्यारो’ हो भने यसलाई २०७३ सालमा रेकर्ड गरिएको थियो ।
हेर्नुहोस् उक्त भजनको भिडियो:
प्रतिक्रिया लेख्नुहोस्