अभिनेता राजेश हमालकाे अभिनय रहेकाे फिल्म ‘प्रवासी जीवन’ आगामी फागुन १५ देखि देशभर प्रदर्शन हुने भएको छ।
उज्जल भविष्य र स्थायित्वका लागि संयुक्त राज्य अमेरिका पुगेका नेपालीले गर्नुपर्ने सङ्घर्षसहितको प्रवासी जीवनको कथा बोकेको फिल्मलाई श्याम क्षेत्री र राम अधिकारीले निर्देशन गरेका छन् ।निर्देशक क्षेत्रीले चलचित्रमा भौतिक दुःखको मात्र नभई प्रायः बेवास्ता गरिने मानसिक रूपमा भोगिरहेको यातनालाई केन्द्रमा राखिएको बताएका छन्।
उक्त चलचित्रमा राजेश हमाल, सरिता लामिछाने सहित बुद्धि तामाङ, गगन सुबेदी, लोकेश भित्रीकोटी, दिव्या न्यौपाने, महादेव अधिकारी, एञ्जेला बस्नेत, अबिगेल लुहार, प्रासु गिरि, शिखा अधिकारी र निर्देशक श्याम क्षेत्री स्वयंले पनि अभिनय गरेका छन्। चलचित्रको सम्पूर्ण छायाङ्कन भने अमेरिकामा गरिएको छ।







प्रतिक्रिया लेख्नुहोस्