२०८३ भदौ १५, सोमवार

आयना राई बनिन् ‘जुनियर सुपर मोडेल इन्टरनेसनल नेपाल २०२६’ की विजेता

‘जुनियर सुपर मोडेल इन्टरनेसनल नेपाल २०२६’ को उपाधि आयना राईले जितेकी छन्। शनिबार राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा २२ प्रतिस्पर्धीलाई पछि पार्दै राईले उपाधि जितेकी हुन्।

सामरी इन्टरनेसनलले आयोजना गरेको प्रतियोगितामा एन्जेलिना राई फस्ट रनरअप, अनन्या पुरी सेकेन्ड रनरअप, अनमोल परियार थर्ड रनरअप, युबिया महर्जन फोर्थ रनरअप र विद्या खत्री फिफ्थ रनरअप घोषित भए।

एन्जेलिना राईले पब्लिक च्वाइस, अंशु भण्डारीले भ्यूअर्स च्वाइस र जिनियस प्रसाईंले म्यानेजमेन्ट च्वाइस अवार्ड जिते।

कार्यक्रममा वरिष्ठ गायिका ज्ञानु राणालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो। विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई ‘नेपाल एक्सेलेन्सी अवार्ड’ समेत प्रदान गरिएको आयोजकले जनाएको छ।

बालबालिका तथा युवा प्रतिभालाई आफ्नो क्षमता प्रदर्शन गर्ने, आत्मविश्वास बढाउने र नयाँ अवसर सिर्जना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

प्रतिक्रिया लेख्नुहोस्