२०८३ बैशाख १८, शुक्रबार

पछिल्लो २४ घण्टामा ६ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ६ सय ७९ जना संक्रमित हुँदा १४ सय ५ जना निको भएका हुन् ।
बितेको २४ घण्टामा १० हजार ९ सय २० जनामा कोरोना परीक्षण भएको थियो ।

सोही अवधिमा ९ जनाले ज्यान गुमाएको पनि मन्त्रालयले जानकारी दिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ९७ हजार १ सय ९२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९२ हजार ३४ जना पुगेको छ। संक्रमितमध्ये हालसम्म ७ लाख ६९ हजार २ सय २४ जना निको भएका छन् ।

यस्तै हालसम्म कुल ११ हजार १ सय ६४ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार हाल देशभर १६ हजार ८ सय ४ जना मात्रै सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्