२०८३ बैशाख १८, शुक्रबार

काठमाडौं उपत्यकाभित्र थप तीन हजार ९ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाभित्र थप तीन हजार ९ सय ३९ नयाँ संक्रमित फेला परेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा दुई हजार ९ सय ४३,भक्तपुरमा दुई सय १ र ललितपुरमा ७ सय ९५ जना भेटिएका छन्।

उपत्यकाभित्र सक्रिय संक्रमितको संख्या पनि संक्रमितको संख्या बढेसँगै ह्वात्तै बढेको छ। उपत्यकाभित्र हाल १९ हजार तीन सय ८७ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा १३ हजार ९ सय ८६,भक्तपुरमा १८ सय ४६ र ललितपुरमा ३ हजार पाँच सय ५५ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा देशभरमा ६ हजार ७ सय ३४ जना कोरोना संक्रमति थपिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्