२०८३ बैशाख १३, आइतवार

पछिल्लो २४ घण्टामा थप ३१२ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा देशभर ३१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल ८ हजार ६९३ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घण्टामा ९११ जना निको भएका छन् ।

यसैगरी पछिल्लो २ जनामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हाल देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहेका छन् । यसैबीच काठमाडौंमा ६७ तथा ललितपुर र भक्तपुरमा १०–१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा देशभर गरिएको कुल परीक्षण मध्य औसत संक्रमण दर ५ प्रतिशत रहेको मन्त्रालयले बुधबार गरेको प्रेस ब्रिफिङमा जानकारी दिइयो ।

प्रतिक्रिया लेख्नुहोस्