२०८३ असार ५, शुक्रबार

थप २६ जनामा कोरोना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९४० पीसीआर तथा १ हजार २५२ एन्टिजेन परीक्षण गर्दा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन भने ७७ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर १ हजार १४६ जना सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया लेख्नुहोस्