२०८३ बैशाख १७, बिहिबार

भारतमा कोरोना भाइरसका १३ हजारभन्दा धेरै सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १३ हजार ३१३ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।

हाल भारतमा ८३ हजार ९९० सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाइएको छ । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको शन्य दशमलब १९ प्रतिशत हो । पछिल्लो एक दिनमा दश हजार ९१२ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २७ लाख ३६ हजार २७ पुगेको छ । कोरोना भाइरस निको भएको यो दर ९८।६० प्रतिशत रहेको छ ।

सोही अवधिमा कोरोना महामारीबाट ३५ को मृत्यु भएको छ । यसैसँगै कोरोना महामारी शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २४ हजार ९०० जनाभन्दा बढीको मृत्यु भएको समाचारमा जनाइएको छ । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९६ करोड ६२ लाख डोज खोप लगाइएको समाचारमा जनाइएको छ ।

भारतमा कोरोना सङ्क्रमण शुरु भएबाट हालसम्म ८५ करोड ९४ लाखभन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्