२०८३ जेष्ठ ४, सोमवार

जयसिंह धामी मृत्यु प्रकरण: छानबिन समितिको भारतीय एसएसबीको घटनामा संलग्नता रहेको ठहर

जयसिंह धामीको मृत्युमा छानबिन समितिले भारतीय एसएसबीको घटनामा संलग्नता रहेको ठहर गरेको छ । गृह मन्त्रालयले जयसिंह धामी महाकालीको तुइनबाट खसेर भएको घटनाबारे छानबिन गर्न बनाएको समितिले भारतीय एसएसबीको घटनामा संलग्नता रहेको ठहर गरेको हो ।

उक्त समितिले आजै गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको हो । ‘समितिले उक्त घटना भारतीय एसएबीका सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएकाले निजहरुको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषीउपर कानुनी कारबाही गर्न र जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न साथै आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालनपोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न सिफारिस गरेको छ ।’ गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

साउन १७ मा गठन गरिएको समितिलाई सुरुमा १० दिनभित्र छानबिन प्रतिवेदन बुझाउने समय दिइएको थियो । पछि प्रतिवेदन बुझाउने समय थप गरिएको थियो । तुइनबाट भारत हुँदै आफ्नो घर जान लाग्दा खसेर बेपत्ता ब्यास गाउँपालिका–२ का ३३ वर्षीय जयसिंह धामीको अवस्था अझै अज्ञात छ ।

विज्ञप्ति-

प्रतिक्रिया लेख्नुहोस्