२०८३ बैशाख २३, बुधबार

दैलेखकी १९ वर्षीया किशोरी नेपाली कांग्रेसको वडा सभापतिमा निर्वाचित

दैलेखकी १९ वर्षीया किशोरी स्वस्तिका महत नेपाली कांग्रेसको वडा सभापतिमा निर्वाचित भएकी छन् । दैलेखको दुल्लु नगरपालिका–३ नेपाकी महत भर्खर १९ वर्ष लागेकी हुन्।

महत हालै सम्पन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट वडा सभापतिमा निर्वाचित भएकी हुन्। महत राजनीतिक वातावरणमै हुर्किएकी हुन्। उनका बुवा भूपेन्द्रजंग महत दैलेख कांग्रेसको उपसभापति थिए। उनको दुई वर्षअघि मृत्यु भएको थियो। स्वस्तिकाजस्तै धेरै युवाहरु कांग्रेसको जारी १४ औं महाधिवेशनबाट वडा तहको नेतृत्वमा आएका छन्।

राजनीतिमा युवाहरुको प्रवेशले कांग्रेसमा नयाँ आशाको किरण जगाएको नेताहरू बताउँछन्।

प्रतिक्रिया लेख्नुहोस्