नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने बताएका छन् ।
बुधबार पोस्टबहादुर बोगटीको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले अब आफूहरूले देशको नेतृत्व गर्ने अवस्था आउन सक्ने बताएका हुन् । उनले पार्टीका नेताहरूमा पद र प्रतिष्ठाप्रति लालच, व्यक्तिगत स्वार्थ, गुट बनाउने प्रवृति विकास हुँदै गएको बताएका छन् ।
माओवादी पनि अरू बुर्जुवा पार्टीजस्तै बन्ने दिशातिर गएको उनले उल्लेख गरेका छन् । संविधान बनाउँदा नै आफूले निर्वाचन प्रणाली, शासकीय स्वरूपका विषयमा ‘नोट अफ डिसेन्ट’ राखेको उनले स्मरण गरेका छन् ।







प्रतिक्रिया लेख्नुहोस्