सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या भएको घटना आरोपी लोकबहादुरका भाइ पनि पक्राउ परेका छन् । लोकबहादुरका भाइ नरेश कार्कीमाथि सोधपुछ भइरहेको सङ्खुवासभाका डिएसपीले जानकारी दिएका छन् । अनुसन्धानबाट थप नयाँ तथ्य खुलेको प्रहरीले बताएको छ ।
भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।हत्या गरिएकी ३२ वर्षीय रञ्जना कार्कीको मोबाइल हराएको थियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले नरेशको साथबाट सो मोबाइल बरामद गरेका छन् ।
तेजबहादुर र परिवारका अन्य ५ जनालाई चिर्पटले हानेर हत्या गर्दा नरेश प्रत्यक्षदर्शी रहेको थाहा भएको अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले जानकारी दिएका छन् । अन्तिममा ८४ वर्षीया पार्वती कार्कीलाई हत्या गरेर लोकबहादुर फर्केपछि पछिपछि लुक्दै गएका नरेश रञ्जना सुत्ने कोठामा पसेर मोबाइल लिएर हिँडेको देखिएको प्रहरीले जानकारी दिएको छ ।







प्रतिक्रिया लेख्नुहोस्