२०८३ जेष्ठ ४, सोमवार

एमाले स्थायी कमिटी बैठकले गर्यो ३ वटा दस्तावेज केन्द्रीय कमिटीमा लैजाने निर्णय

नेकपा एमालेको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको २ दिनको बैठक सोमवार समापन भएको हो ।

स्थायी कमिटीको बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने ३ वटा दस्तावेजमा छलफल भएको एमाले प्रचार विभागका प्रमुखले जानकारी दिएका छन् । बैठकमा विधान संशोधन, संगठन र राजनीतिक प्रतिवेदनमाथिको प्रस्तावमा लिखित र मौखिक सुझाव आएको र त्यसलाई समेटेर ३ वटै दस्तावेज केन्द्रीय कमिटीको बैठकमा पेश गर्ने निर्णय भएको उनले बताएका छन् ।

एमालेले असोज ८ र ९ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्