नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय कमिटी बैठक आज दिउँसो बस्दैछ । आजको बैठकले केन्द्रीय कमिटी समेत विस्तार गर्ने एजेण्डा राखिएको छ ।
एमाले विभाजनका बेला तत्कालीन एमालेका ५७ जना केन्द्रीय सदस्यको हस्ताक्षर सनाखत गराइएको थियो । अब केन्द्रीय कमिटी विस्तार हुने प्रचार विभाग प्रमुखले जानकारी दिएका छन् । बैठकमा आज सदस्यहरुको सपथग्रहण समेत हुनेछ । खतिवडाका अनुसार आजको बैठकमा ७ वटा एजेण्डा केन्द्रीय सदस्यहरुलाई दिइएको छ ।
बैठकमा बरिष्ठ नेता झलनाथ खनालले राजनीतिक प्रस्ताव प्रस्तुत गर्नेछन् भने त्यसमा सामुहिक छलफल हुनेछ ।







प्रतिक्रिया लेख्नुहोस्