२०८३ बैशाख २९, मङ्लबार

पछिल्लो २४ घण्टामा देशभर थप १३ सय ३० जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर थप १३ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ३६ जनामा पीसीआर परीक्षणका क्रममा र २ सय ९४ जनामा एन्टिजेन परीक्षण गर्दा संक्रमण देखिएको हो।

यस्तै, १ हजार ८ सय ३० जना संक्रमण मुक्त हुँदा देशशर सक्रिय कोरोना संक्रमितको संख्या २१ हजार ५ सय २४ पुगेको छ। संक्रमणका कारण थप ५ जनाको मृत्यु भएको छ। हालसम्म देशभर संक्रमणका कारण ११ हजार ५३ जनाको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा ५५ हजार २ सय ४२ जनाले कोभिड १९ विरुद्ध खोप लगाएका छन्। यससँगै देशभर ६२ लाख ३० हजार ८ सय २३ जनाले खोपको पहिलो मात्रा लगाएका छन्। पूर्ण मात्राको खोप लगाउनेको संख्या भने ५६ लाख २८ हजार ७ सय ९२ पुगेको छ।

 

 

प्रतिक्रिया लेख्नुहोस्