२०८३ बैशाख २६, शनिबार

आज दिउँसो २ बजे प्रतिनिधिसभा बैठकको बस्दै

आज दिउँसो २ बजे प्रतिनिधिसभा बैठकको बस्दै छ । आजको बैठकमा बजेटसँग सम्बन्धित २ वटा विधेयक पारित गर्ने कार्यसूची छ । आर्थिक विधेयक २०५८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गर्ने कार्यसूची रहेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक र राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल, संशोधनको प्रस्ताव तथा पारित गर्नका लागि प्रस्तुत गर्नेछन् । राष्ट्रियसभामा विनियोजन विधेयक, २०७८ परित गर्ने तयारी छ । गत मंगलवारको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरुको विरोधबीच राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘विनियोजन विधेयक, २०७८’ राष्ट्रिय सभा समक्ष टेबुल गरेका थिए । एमालेले नवौं अधिवेसन सुरु भएदेखि दुबै सदनमा अवरोध जारी राखेको छ ।

सरकारले लोकतन्त्र र पार्टीहरुलाई कमजोर बनाउनका लागि राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको र एमालेले कारबाही गरेका सांसदहरुको सूचना सभामुखले टाँस नगरी पार्टी विभाजनमा भूमिका खेलेको भन्दै विरोध गरिरहेको छ ।लगातार संसध अवरोध गरिरहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि संसद अवरोध जारी राख्ने जानकारी दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्