नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो एक वर्षयता आफूलाई समाप्त पार्न षड्यन्त्र भइरहेको बताएका छन् ।
बिहीबार काभ्रे पुगेर योङ कम्युनिस्ट लिग ‘वाईसीएल’को भेलालाई सम्बोधन गरेका अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनलाई समाप्त पार्न प्रचण्डलाई सखाप पार्न खोजिएको जिकिर गरेका छन् । माओवादी केन्द्रले एकताको झन्डा उठाउँदा समेत माओवादीविरुद्धको षड्यन्त्र नरोकिएको उनको भनाइ छ । प्रचण्डले दुईपटकको संसद् विघटन पनि माओवादीलाई नै समाप्त पार्ने षड्यन्त्रका रूपमा अर्थ्याए ।
‘दुईदुईपटक भएको संसद् विघटन माओवादीलाई सखाप पार्ने डिजाइनअन्तर्गतको षड्यन्त्र थियो,’ उनले भने, ‘प्रतिनिधिसभा विघटन गरेर माओवादीले ल्याएका एजेन्डा समाप्त पार्ने र उपलब्धिहरू सखाप पार्ने सेटिङअन्तर्गत थियो । केपी ओली विदेशीहरूले गरेको सेटिङमा काम गर्ने फासिष्ट हुन् ।’







प्रतिक्रिया लेख्नुहोस्