पछिल्लो २४ घण्टामा ८ सय ६७ जना कोभिड-१९ संक्रमित पहिचान भएका छन्। ८ हजार २ सय १९ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणका क्रममा ६ सय ५९ जनामा र २ सय ८ जनामा एन्टिजेन परीक्षण गर्दा संक्रमण देखिएको हो।
थप १ हजार १ सय २३ जना संक्रमण मुक्त हुँदा हाल देशभर सक्रिय कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ६ सय ४२ पुगेको छ।संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ११ हजार १ सय ५७ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८३ हजार ३ सय ७३ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन्।
हालसम्म ६३ लाख ४८ हजार २ सय ७९ जना (२९.२ प्रतिशत)ले खोपको पूर्ण मात्रा लगाइसकेका छन्। यस्तै, ७६ लाख ९४ हजार ६ सय ९ जना (३५.४ प्रतिशत)ले खोपको पहिलो मात्रा लगाइसकेका छन्।







प्रतिक्रिया लेख्नुहोस्