२०८३ असार १९, शुक्रबार

प्रधानन्यायाधीशले गरे बार एशोसिएशनलाई संवादका लागि आह्वान

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बार एशोसिएशनलाई संवादका लागि आह्वान गरेका छन् ।

सोमबार विज्ञप्ति जारी गर्दै उनले वर्तमान परिस्थितिमा देखिएका गतिरोधहरूको सम्बोधनको उपयुक्त विकल्प संवाद नै भएको प्रस्ट पारेका हुन् ।

उनले न्यायपालिकाभित्र उत्पन्न गतिरोधका कारण नागरिकहरूका प्रश्न हामीतर्फ नै सोझिएको भन्दै नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनलाई संवादका लागि आह्वान गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्