२०८३ बैशाख १९, शनिबार

शुक्रबार सार्वजनिक यातायात चल्न पाउनुपर्छ: एमाले

नेकपा एमालेले पार्टीको महाधिवेशन उद्घाटन कार्यक्रममा सर्वाजनिक सवारीको आवागमन बन्द गर्नेबारे स्थानीय प्रशासनले पार्टीसँग कुनै पनि छलफल नगरेको जानकारी दिएको छ ।

उद्घाटन समारोहको पूर्वसन्ध्या नारायणी नदी किनारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले शुक्रबार सार्वजनिक यातायात चल्न पाउनुपर्ने बताएका छन् । ‘भोलि गाडी चल्नुपर्छ । कुनै प्रकारको अवरोध हुनुहुन्न,’ भट्टराईले भने ।

त्यस्तै, महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै करिब साढे सात करोड खर्च हुने पनि बताएका छन् । भट्टराईले उद्घाटन समारोहमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आउने निश्चित भएको बताउँदै अन्य दलका अध्यक्षहरू पनि समारोहमा सहभागी भएर सम्बोधन गर्ने जानकारी दिएका छन् ।

उनका अनुसार महाधिवेशनमा २ हजार १७५ जना प्रतिनिधि सहभागी हुने छन् भने १०३ जना पर्यवेक्षक रहनेछन् । यसपटक महाधिवेशनमा कूल ६२७ जना महिला प्रतिनिधि र दलित र उत्पीडित वर्गबाट २०९ जना प्रतिनिधि सहभागी रहेको बताएका छन् ।
त्यस्तै, महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै करिब साढे सात करोड खर्च हुने पनि बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्