२०८३ बैशाख १९, शनिबार

बालुवाटार जग्गा प्रकरणका मुख्य आरोपी रामकुमार सुवेदी पक्राउ

बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको घटनाका मुख्य आरोपित रामकुमार सुवेदी र उनकी पत्नी माधवीलाई पक्राउ परेका छन् ।

मंगलबार राति स्यम्भूबाट पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो ९सीआईबी०ले म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा प्रकिया अघि बढाएको छ ।सरकारी कागजात कीर्ते उजुरीमा उनीहरूलाई अनुसन्धानका लागि म्याद थपको प्रकिया अघि बढाइएको सीआईबी प्रमुखले जानकारी दिएका छन् । यसबारे थप अनुसन्धान जारी रहेको उनले बताएका छन् ।

सुवेदीविरुद्ध दुई वर्षअघि नै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो । त्यसलगत्तै उनी फरार थिए ।

प्रतिक्रिया लेख्नुहोस्