२०८३ बैशाख १९, शनिबार

विभिन्न कार्यक्रमसहित तमु ल्होसार मनाइँदै (फोटोफिचर)

पुस १५ गते गुरुङ समुदायले विभिन्न कार्यक्रमसहित तमु ल्होसार मनाउँदै छन् । नयाँ वर्षलाई स्वागत गर्दै गुरुङ समुदायले तमु ल्होसार मनाउँन लागेका हुन् ।

तमू ह्यूल छोँज घीं गुरुङ राष्ट्रिय परिषद काठमाडौँद्वारा उक्त कार्यक्रम आयोजना गरिएको हो । बसन्तपुरबाट विभिन्न झाँकीहरु प्रदर्शन गर्दै टुडीखेलमा प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेसँगै विभिन्न कार्यक्रमसहित तमु ल्होसार मनाउँने गुरुङ राष्ट्रिय परिषदकी केन्द्रिय सदस्य देबी गरुङले जानकारी दिएकी छन् । सरकारले तमू ल्होसारको दिनमा सार्वजनिक बिदा दिएकोमा धेरै खुशी लागेको उनको भनाई छ ।

कार्यक्रममा करिब डेढ लाख भन्दाबढी मानिस उपस्थित हुने परिषद्का कोषाध्यक्ष लोक बहादुर गुरुङले बताए । पुस १३ गतेबाट सुरु भएको २७ समूहबिच भएको दोहोरी प्रतियोगिता आज दुई समूहबिच हुने उनले जानकारी दिएका छन् । १८ वटा नृत्य प्रतियोगिता पनि आज नै हुने उनले जानकारी दिएका छन् । गुरुङ भाषामा गाइएका गितमा नृत्य प्रतियोगिता हुने उनको भनाई छ ।

कोरोनाका कारण पहिले तमू ल्होसार मनाउँन नपाएकाले अहिले धेरै खुशी र उत्साहित भएको उनीहरुले बताएका छन् । काठमाडौँ उपत्यकाभरि रहेको गुरुङ समुदायका सम्पूर्ण मानिसको उपस्थितिमा कार्यक्रम सम्मपन्न गर्ने कोषाध्यक्ष गुरुङको भनाइ छ ।

 

 

प्रतिक्रिया लेख्नुहोस्