२०८३ बैशाख १९, शनिबार

एमसीसी उपाध्यक्ष फातेमा ओलीलाई भेट्न बालकोट

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातेमा जे सुमारले भेटघाट शुरु गरेकी छन् ।

बिहीबार बिहान काठमाडौं आइपुगेकी उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेकी छन् । उनीसँगै एमसीसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि सहभागी छन् ।

छलफलमा एमालेका स्थायी कमिटी सदस्य विष्णु रिमाल, विदेश विभाग प्रमुख राजन भट्टराईलगायत सहभागी छन् ।

प्रतिक्रिया लेख्नुहोस्