दाङमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
दंगीशरण गाउँपालिका-७ बुटनियाकी २२ वर्षीया प्रमिला चौधरीको करेन्ट लागेर मृत्यु भएको हो । उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपीले जानकारी दिएका छन् ।
आइतबार बिहान ७ बजे मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी चौधरीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याएलगत्तै अस्पतालले मृत घोषणा गरेको थियो।







प्रतिक्रिया लेख्नुहोस्