पोखरामा विद्यालयको पर्खाल भत्काउने क्रममा च्यापिएर एक युवकको मृत्यु भएको छ । पर्खालले च्यापिएर भारतीय नागरिकको मृत्यु भएको हो ।
पोखरा महानगरपालिका-१३ मियापाटन बस्ने करिब २० वर्षका रितेश राम रहेको जानकारी दिइएको छ । पोखरा महानगरपालिका वडा नं. १३ बाझपाटनस्थित बाल कल्याण माध्यमिक विद्यालयको पुरानो पर्खाल भत्काउने क्रममा उनी च्यापिएका थिए ।
पर्खालले च्यापिएर गम्भीर घाइते भएका उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।







प्रतिक्रिया लेख्नुहोस्