२०८३ बैशाख १९, शनिबार

चट्याङ लागेर एक जनाको मृत्यु, तीन घाइते

चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बागलुङको जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको हो भने तीन जना घाइते भएका छन् ।

सोमबार बेलुकी चट्याङ लाग्दा ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा घाइते हुनेमा स्थानीय ६० वर्षीय सहविरे नेपाली, १८ वर्षीया विपना नेपाली र ५७ वर्षीय लालबहादुर नेपाली हुन् ।

उनीहरूको जैदी स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । उक्त घटनामा एउटा भैँसीसमेत मरेको स्थानीयले जानकारी दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्