२०८३ बैशाख १७, बिहिबार

असोज ११ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाइने

काठमाडौं उपत्यकाबाट घर जाने यात्रुहरूका लागि असोज ११ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाइने भएको छ ।

यातायात व्यवस्था विभागले आज यातायात व्यवसायी, ट्राफिक प्रहरी महाशाखाको संयुुक्त छलफलले लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ सञ्चालन गर्ने निर्णय गरेको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिवका अनुसार असोज ११ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाइने भएको हो ।यातायात व्यवस्था विभागले यसपालिको दसैँमा १० लाख मानिसहरू काठमाडौं उपत्यकाबाट बाहिरिने अनुमान गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्