२०७९ अशोज ९, आइतवार

विश्वको पहिलो कान्छो पर्वतारोही शम्भु तामाङको निधन

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा १८ वर्षको उमेरमा आरोहण गरी विश्व रेकर्ड राखेका शम्भु तामाङको निधन भएको छ । सिन्धुपाल्चोक रिस्याङ्खु मुल घर भइ महाराजगञ्ज काठमाडौंमा बसोबास गर्दै आएका तामाङको नेपाल क्यान्सर अस्पताल, गोदावरीमा उपचार गर्दागर्दै आज बिहान अस्पतालमा निधन भएको हो ।
वि.सं. २०३० साल वैशाख २३ गतेका दिन सबैभन्दा कम उमेर १७ वर्ष ६ महिना) मा सगरमाथा आरोहण गरी विश्व रेकर्ड राखेका थिए । नेपाल पर्वतारोहण संघ (एन.एम.ए.) र तिलगंगा आँखा अस्पताल जस्तो देशकै प्रतिष्ठित संस्थाहरुको संस्थापक हुनुहुन्थ्यो । पर्वतारोहणको क्षेत्रमा अतुलनीय योगदान दिए बापत उनलाई विगतमा सरकारले गोरखा दक्षिणबाहु त्रिशक्तिपट्टा, हुलाक विभागले स्मारक खाम (कमेमोरेटिभ लेटर) प्रकाशित गरी तथा राज्यको तर्फबाट विभिन्न सम्मानद्वारा सम्मानित गरेको थियो ।

हाल उहाँको शव बौद्ध परम्परा अनुसार पुजापाठ गरी उहाँकै निवासमा राखिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्