२०८१ माघ ५, शनिबार

रविमाथि मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध सर्वोच्चमा रिट दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा चलाउनुपर्ने मागसहितको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

लामिछानेमाथि मुद्दा चलाउनु नपर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध रिट दायर भएको हो । रिटमा राहदानी दुरुपयोगमा लामिछानेविरुद्ध मुद्दा चलाइनुपर्ने माग गरिएको छ । आइतबार युवराज पौडेल सफलले महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

रिट निवेदनको अध्ययनपछि सोमबार सर्वोच्च प्रशासनले दर्ता गरेको हो । उक्त रिटमाथिको सुनुवाइका लागि मंगलबारका लागि पेसी तोकिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्