विदेश पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई ललितपुरबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–६ घर भएका ३६ वर्षीय रुपेश महर्जन छन्।
पोल्याण्ड पठाउँछु भन्दै उनले लामो समय झुक्क्याएर १ लाख रुपैयाँ ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए। उनलाई धोविघाटबाट पक्राउ गरेर प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ।







प्रतिक्रिया लेख्नुहोस्